कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।
उनका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । पक्राउ परेकाहरुले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको लु८४प ८१०८ नंको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नाका साथै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ