कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।
उनका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । पक्राउ परेकाहरुले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको लु८४प ८१०८ नंको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नाका साथै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ