काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयहरुको उदय खहरे खोलाजस्तै भएको बताएका छन् ।
स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको बताए । ‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ’ महरले भने ।
यस्तै उनले काँग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए । ‘काँग्रेसलाई गठबन्धन भएपनि ठीक छ, नभए पनि ठीक छ’ उनले भने, ‘काँग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन ।’ एमाले अध्यक्ष केपी शर्माओलीले संविधानलाई ट्रयाकभन्दा बाहिर लिन खाजेपछि काँग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ ।
‘वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको हो । काँग्रेस यसलाई अगाडि बढाउन तयार नै छ’ उनले भने । यस्तै उनले स्थानीय सरकार घरदैलोको सरकार भन्दै जनजीवनसँग सम्बन्धि विषयमा जनप्रतिनिधिको ध्यान जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब एक्लै चुनाव लडेर बहुमत ल्याउनुपर्छ: नेता महर
सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्न आवश्यक : नैनसिंह महर
राष्ट्रियसभामा सत्तापक्ष-प्रतिपक्षको गठबन्धन अलोकतान्त्रिक चरित्र : नैनसिंह महर
हाम्रा प्रतिस्पर्धी दलहरुलाई हेर्ने आधिकारिक दृष्टिकोण तय गरौँ : नैनसिंह महर
संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको छ : नैनसिंह महर
विद्यालय शिक्षा विधेयकमा सरोकारवालाको माग सम्बोधन नै हुनुपर्छ : नैनसिंह महर