काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर–५ स्थित बलेबनमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ घर भएकी ३४ वर्षीया कालिका शाही, २१ वर्षीय दर्शन शाही र वडा नम्बर–५ शिवपुरी घर भएकी ४० वर्षीया पुतला गिरी छन् ।
जुनीचाँदेको लुहादहबाट शिवपुरी जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको बोलेरो दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको कर्णाली प्रदेशका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।
सो बोलेर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बोलेर सडकबाट करिब ५० मिटर तल खसेको छ । ईप्रका गर्खाकोटबाट खटिएको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।
जिपमा ११ जना सवार थिए । दुर्घटनामा परेर जुनिचाँदे–६ बस्ने ८ वर्षीया नमुना सिंह, १४ वर्षीया सरिता शाही, १३ वर्षीया समिक्षा शाही, ३९ वर्षीय विष्णु बहादुर शाही, १३ वर्षीया विपना शाही र २० वर्षका लाल बहादुर बुढा घाइते भएका छन् । वडा नम्बर–५ का ३० वर्षीय नर बहादुर शाही र दैलेख घर भएका २५ वर्षीय टोपबहादुर थापा पनि घाइते छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ जेठ २०७९, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते