आईएमई पे क्यासब्याक अफर सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, ११ : ३५
आईएमई पे क्यासब्याक अफर सार्वजनिक

काठमाडौं। ‘आईएमई पे’ ले नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ।

२५ जेठदेखि लागू भएको ‘प्रिमियम तिरौं क्यासब्याक पाऔँ’ नामक अफर मार्फत प्रयोगकर्ताहरूले आईएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभई प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन्।

अफर अवधिभर हरेक महीना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस