कोरोना अपडेट : थप २१ जनामा संक्रमण पुष्टि, ८ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १७ : ३५
कोरोना अपडेट : थप २१ जनामा संक्रमण पुष्टि, ८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएर घर फर्किएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अुनसार हाल १०९ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस