लगानीकर्ताको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १५ : ५०
लगानीकर्ताको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । पुँजी बजार सुधार संघर्ष समितिको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । 

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताको माग सम्बोधनको प्रतिवद्धता व्यक्त गरेसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको हो । सोमबार दिउँसो बोर्डको कार्यालयमा कालोपट्टीसहित लगानीकर्ताहरु प्रदर्शन गर्नका लागि पुगेका थिए ।  

सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै समितिले  सरकारसँग १९ बुंदे माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस