कोरोना अपडेट : थप १३ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, १६ : ३०
कोरोना अपडेट : थप १३ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

काठमाडौं । देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा २ हजार ६ सय ३४ जनामा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय १० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस