थाइल्याण्ड । थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो ।
सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाइ सञ्चार माध्यमहरूले जनाएका छन् । माछा भित्र पसेपछि उनी निसासिएका थिए ।
श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पु-याएका थिए ।एक घन्टा लामो शल्यक्रियापछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकालिदिएका थिए । उपचारपछि पहिल्यकै अवस्थामा पुगेका उनी अस्पतालबाट डिस्चार्जसमेत भएका छन् ।
‘मुखभित्र माछा पस्ने घटना निकै दुलर्भ हो । यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा. सर्मश्री पाथोमपानिच्रतले भने, ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे। उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन् ।’ -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ जेठ २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु
चितवनमा भारतबाट ल्याइएको दुई हजार किलो माछा नष्ट
माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर
अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे
चीन र भियतनामले बेइबु खाडीमा १० करोड माछा छाडे
कृषकलाई माछाका भुरा वितरण