कोरोना अपडेट : थप १४ जनामा संक्रमण पुष्टि, ८ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, १७ : १०
कोरोना अपडेट : थप १४ जनामा संक्रमण पुष्टि, ८ जना संक्रमणमुक्त

काठमाडौं । देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा २ हजार ५ सय ९५ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय १ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस