मिस नेपालमा ६ डाक्टरसहित २४ प्रतियोगी

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, १२ : १९
मिस नेपालमा ६ डाक्टरसहित २४ प्रतियोगी

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को अन्तिम स्पर्धा ४ असारमा आयोजना हुँदैछ । यो वर्ष मिस नेपालको शीर्ष उपाधिका लागि २४ युवती भिड्दैछन् । जो अहिले प्रतिभा निखार्न प्रशिक्षणमा जुटिरहेका छन् । 

‘द हिडन ट्रेजर’ आयोजक रहेको प्रतियोगीताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् । 

ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने अन्तिम स्पर्धामा २४ प्रतियोगी मध्य एक ‘मिस नेपाल’ छानिनेछन् ।यो पटकको मिस नेपालमा २४ मध्ये ६ जना डाक्टर पेशामा रहेका पनि उपाधिका लागि भिड्दै छन् । जसमा प्रतिस्पर्धी नम्बर ३ दिलाशा डोटेल, नम्बर ५ आयुष्नोभा ढुंगाना, नम्बर ७ मेरिका बास्तोला (डेन्टिष्ट), नम्बर १४ सरीषा श्रेष्ठ, नम्बर १८ यशस्वी श्रेष्ठ तथा नम्बर २३ गंगा गुरुङ रहेका छन् ।  मिस नेपालको उपाधि आफ्नो मुख्य लक्ष्य भएको उनीहरु बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस