कोरोना अपडेट : थप १५ जनामा संक्रमण पुष्टि, ११ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, १६ : ५६
कोरोना अपडेट : थप १५ जनामा संक्रमण पुष्टि, ११ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३ हजार ९२९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र ९ सय १३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ३९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १०२ पुगेको छ । हाल नेपालमा ९८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

 

प्रतिक्रिया दिनुहोस