अर्जेन्टिना र इटाली भिड्दै

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, १६ : ४२
अर्जेन्टिना र इटाली भिड्दै

काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । यता, वेम्बली रंगशालामा भएको फाइनल खेलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो । 

यो खेलका लागि सन् २०२० को १२ फेब्रुअरीमा यूइएफए र कन्मेबोलबीच सहमति भएको थियो । यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १९९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो । जसको उपाधि तत्कालिन कोपा विजेता अर्जेन्टिनाले जितेको थियो । 

यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा भने इटाली स्थान बनाउन असफल हुँदा अर्जेन्टिनाले भने समूह चरणका केही खेल बाँकी रहँदै स्थान बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस