पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर घटाउन अर्थले आपूर्ति मन्त्रालयलाई पठायो चिठ्ठी

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, ११ : १६
पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर घटाउन अर्थले आपूर्ति मन्त्रालयलाई पठायो चिठ्ठी

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउनका लागि अर्थमन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र काटेको छ ।मंगलबार अर्थमन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको हो ।

‘उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउनु,’ पत्रमा भनिएको छ ।

यो कर छुटले उपाभोक्तामा केही सहजता हुने आशा गरिएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थमा उच्च रुपमा भएको मूल्य वृद्धिका कारण उपाभोक्ता मार्कामा परेका छन् ।

यसअघि मन्त्रिपरिषदको बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो । जसमा पूर्वाधार शीर्षकको कर घटाउन सकिनेगरी अर्थलाई सहमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस