चिकित्सा शिक्षा आयोगले बढायो शूल्क, कुन विषयको कति ?

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, २१ : ४०
चिकित्सा शिक्षा आयोगले बढायो शूल्क, कुन विषयको कति ?

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न विषयको शूल्क बढाएको छ । आयोगको मंगलबार बसेको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि शूल्क बृद्धि गरेको हो ।

आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेका अनुसार हाल कायम रहेको शैक्षिक शूल्कमा ३.६ प्रतिशतले बृद्धि गर्ने निर्णय गरिएको हो । गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शूल्क निर्धारण गर्ने निर्णय गरिएको हो ।

योसँगै चालू शैक्षिक सत्रमा एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । शैक्षिक सत्र २०७७/७८ मा आयोगले ४० लाख २३ हजार २ सय ५० रूपैयाँ शूल्क तोकेको थियो ।

त्यस्तै उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शूल्क ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ । यस अगाडि ४४ लाख ३६ हजार २५ रूपैयाँ थियो । यसका साथै बीडीएसका लागि यस शैक्षिक सत्रमा शूल्क बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शूल्क तोकिएको थियो ।

यता बीएससी नर्सिङ कार्यक्रमको शूल्क बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत शैक्षिक सत्रमा १० लाख रुपैयाँ शूल्क तोकिएका थियो ।

यस्तो छ बढेको शूल्क सूची :

एमबीबीएस (उपत्यका भित्र) ४१,६८,०८७ रुपैयाँ, एमबीबीएस (उपत्यका बाहिर) ४५,९५,७२१ रुपैयाँ, बीडीएस २०,९२,२८४ रुपैयाँ, बीएससी नर्सिङ १०,३६,००० रुपैयाँ, बीपीटी/बीएससी एमएलटी/बीएससी एमआईटी/बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री ७,७७,००० रुपैयाँ पुगेको छ ।

त्यस्तै बीएएमएस ११,३१,९३३ रुपैयाँ, बीएनएस एन्ड पीबीएन ५,१८,००० रुपैयाँ, बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी७,७७,००० रुपैयाँ, एमडी/एमएस क्लिनिकल २३,८१,७६४ रुपैयाँ, एमडी/एमएस बेसिक साईन्स १०,८५,८६७ रुपैयाँ र एमडीएस क्लिनिकल २३,८१,७६४ रुपैयाँ पुगेको छ ।

यसका साथै एमडीएस बेसिक साईन्स १०,८५,८६७ रुपैयाँ, एमडी आयुर्वेद ९,५७,६४२ रुपैयाँ, एमएन/एमएससी नर्सिङ/एमपीएच ९,२०२२७ रुपैयाँ, एम फार्मा ५,१९६५७ रुपैयाँ, एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री/एमएससी एमआईटी/एमएलटी ७,५७,८३४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, एमएससी बेसिक साईन्स ७,५७,८३४ रुपैयाँ, एम फील क्लिनिकल साईकोलोजी ३,०४,२१६ रुपैयाँ र डीएम/एमएचसी २५,९०,००० रुपैयाँ पुगेको छ ।