उपमेयर डंगोलको पहिलो निर्णयः हिंसामा परेका महिलाहरुको संरक्षण लागि ‘महिला सेल’ गठन गर्ने

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, १२ : २१
उपमेयर डंगोलको पहिलो निर्णयः हिंसामा परेका महिलाहरुको संरक्षण लागि ‘महिला सेल’ गठन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरे लगत्तै आफ्नो चुनावी प्रतिवद्धता अनुसार काम गर्ने कार्यको थालनी गरेकी छिन । उनले पदबहालीपछि आफ्नो प्रतिवद्धता अनुसार हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरुको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजिकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरिन। सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरुका लागि आवश्यक कार्य गर्ने छ । उनको चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ । ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ उनले भने।  

त्यसैगरी उनले पदबहालीपछि मेलमिलाप कर्तालाई आह्वान गर्न मेलमिलापको सूचि अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गरे। उनले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना–तिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उदेश्यले मेलमिलाप केन्द्रहरुलाई थप प्रभावकारी बनाउने बताए ।

 स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरुको निरुपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दई गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा (३) बमोजिम न्यायिक समितीले सूचिकृत गरेका मेलमिलापकर्ता बाट गराउनु पर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रिया अनुसार अघि बढ्ने पनि उनले बताइन । उनले सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस