सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

एजेन्सी

मंगलबार, १७ जेठ २०७९, १० : ५८
सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

एनडीजामेना । अफ्रिकी देश चाडकाे उत्तरी क्षेत्रमा रहेकाे एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।

झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा  हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ । 

१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए ।  सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए । 

घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस