चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १४ : ३७
चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने

बाग्मती  । बागमती प्रदेश सरकारले चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजना समावेश गरिएको हो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै आयुर्वेदिक औषधि उत्पादनलाई प्रवद्धन गर्न चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने बताएका हुन् ।

त्यसैगरी सरकारले हेटौंडा अस्पताललाई २०० वेड क्षमतामा विस्तार गर्ने र धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेटौंडा अस्पतालमा मृगौला प्रत्यारो्पण सेवा संचालन गर्ने कार्यक्रम प्रस्तुत गरेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गरी आफ्नै स्वामित्वमा अस्पताल निर्माण गर्ने कार्यक्रम अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस