बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १३ : ५२
बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली कांग्रेसका सांसदहरू डा. डिला संग्रौला, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले प्रस्ताव दर्ता गराएका हुन् । पीडितको हकको संरक्षण गर्न नसक्ने कानुनलाई न्यायोचित मान्न नसकिने भन्दै प्रस्तावमा समय सापेक्ष कानुनको परिवर्तन आवश्यकतामा जोड दिइएको छ ।

जबर्जस्ती करणीको शिकार भएका व्यक्ति मानसिक रूपमा विक्षिप्त हुने भएकाले तत्कालै उजुर र आफूमाथि भएका पीडाको बारेमा आवाज उठाउन नसक्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस