रुपन्देहीमा २२ वर्षीया महिला बलात्कृत

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १३ : २५
रुपन्देहीमा २२ वर्षीया महिला बलात्कृत

रुपन्देही । रूपन्देहीमा २२ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–६ बस्ने ३४ वर्षीय हेम बहादुर घर्ती मगरलाई आइतबार पक्राउ गरेको छ । 

हेम बहादुर घर्ती मगर लगायत ३ जनाले ती महिलालाई देवदह नगरपालिका–९ भलुहीस्थित होटलमा लगेको र हेम बहादुर घर्तीमगरले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै अन्य एक जना र होटल सञ्चालक समेतलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस