उत्तर कोरियाले आवागमन प्रतिबन्ध हटायो

एजेन्सी

सोमबार, १६ जेठ २०७९, ११ : १५
उत्तर कोरियाले आवागमन प्रतिबन्ध हटायो

प्योङयाङ  । उत्तर कोरियाले कोभिड–१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध  हटाएको हो ।

उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ । तर, अन्तर–कोरियाली मामिला सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले त्यसको स्वतन्त्र पुष्टि नभएको जनाएको छ । 

उत्तर कोरियाका सञ्चार माध्यमहरुले प्रतिबन्ध हटाइएको विषयमा केही उल्लेख नगरेकाले प्रतिबन्ध हटाइएका विषयमा पुष्टि गर्न नसकिने दक्षिण कोरियाले जनाएको  छ । 

उत्तरको प्रतिबन्धबीच खोप, चिकित्सा आपूर्ति र खाद्यान्न अभावबारे चासो बढेको थियो । यसैबीच, चीनको सांघाइमा लगाउँदै आएको लकडाउन बुधबारदेखि हटाइने तयारी भएको छ । 
 

प्रतिक्रिया दिनुहोस