प्रतिनिधिसभामा बजेट टेबल

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, २० : ५३
प्रतिनिधिसभामा बजेट टेबल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गरेका छन।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गरेका हुन ।

अर्थमन्त्री शर्माले भने, ‘आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य सदनसमक्ष टेबुल गर्दछु । आर्थिक विधेयक २०७९ सदनमक्ष प्रश्तुत गर्दछु ।’

त्यस्तै, प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७९ पनि सदनमक्ष प्रश्तुत गरे ।उनले भने, ‘आर्थिक विधेयक २०७९ पनि सदनमक्ष प्रश्तुत गर्दछु ।’

प्रतिनिधि सभाको बैठकमा सभामुख अगिनप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल र मान्य अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको उत्तर दिन जेठ १७, १८ र १९ गतेलाई तोके ।

उनले उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरुले आ आफ्ना दलका वक्ता मान्य सदस्यहरु नाम बैठक बस्नुभन्दा एक घण्टा अगावै कार्यव्यवस्था शाखा संघीय संसद सचिवालय नयाँ बानेश्वरमा उपलब्धगराउन पनि अनुरोध गरे ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १७ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस