कोरोना अपडेट : थप ८ जनामा संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, १४ जेठ २०७९, १६ : २१
कोरोना अपडेट : थप ८ जनामा संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ११९ को पीसीआर विधिबाट परीक्षण गर्दा ५ जना र ८५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३४९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितहरु कोरोना मुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५२ पुगेको छ । हाल नेपालमा १ सय १४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस