किभ । युक्रेनको सरकारी आणविक निरीक्षणालयले शुक्रबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आइएइए रुसी प्रचारमा फसेको आरोप लगाएको छ । एक प्रमुख आणविक भट्टीबाट मस्कोको सेनालाई निष्कासन गर्न किभले गरेको प्रयासलाई सहयोग गर्न माग गर्दै उसले यस्तो आरोप लगाएको हो ।
मस्कोको सेनाले युक्रेनको जापोरिज्जिया आणविक उर्जा केन्द्र कब्जा गरेको छ । यो युरोपकै सबैभन्दा ठूलो आणविक केन्द्र हो । आक्रमणअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले सोभियत ज्ञानको प्रयोग गरेर आफ्नै आणविक हतियारहरू सिर्जना गरिरहेको आरोप लगाएका थिए ।
यस हप्ता डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाइ सम्बोधन गर्ने क्रमम भट्टीमा प्लुटोनियम र युरेनियमको ठूलो भण्डार रहेको र त्यसलाई आणविक हतियार बनाउन प्रयोग गर्न सकिने आइएइएका महानिर्देशक राफेल ग्रोसीले बताएका थिए । तर, निरीक्षणालयलका कार्यबहाक प्रमुखले ओलेक कोरिकोभले महानिर्देशकको भनाई पूर्णतया असत्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ जेठ २०७९, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति