बुटवल। १५ औ गणतन्त्र दिवस लुम्बिनी प्रदेश सरकारले विविध कार्यक्रमगरि ३ दिनसम्म मनाउने भएको छ ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीका विषयमा जानकारी गराएको हो । ३ दिनसम्म संचालन गर्ने कार्यक्रममा आज (शनिबार) प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले बुटवलमा खुल्ला दौड प्रतियोगिता गर्ने कार्यक्रम तय भएको छ । जेष्ठ १५ गते आइतबार गणतन्त्र दिवसका दिन प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
सोही कार्यक्रमदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्नेछन। साथै जेष्ठ १६ गते प्रदेशको कुनै एक ठाउँमा फलफूल तथा अन्य विरुवा रोप्ने कार्यक्रम तय भएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले जानकारी दिए । साथै पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले मुलुकमा गणतन्त्र ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले गणतन्त्र दिवसलाई सफल बनाउन पत्रकारसँग आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ जेठ २०७९, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवस: वीरगञ्जका कैदी बन्दीद्वारा रक्तदान
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)
आज गणतन्त्र दिवसः के के छन विशेष कार्यक्रम ?
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन