निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको छु: उपमेयर डंगोल

सफल खबर संवाददाता

शुक्रबार, १३ जेठ २०७९, १३ : २५
निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको छु: उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन ।

नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको प्रतिक्रिया दिइन ।आफूले निर्वाचनको बेला काठमाडौं महानगरलाई स्वच्छ, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरी बनाउने भनेको अभियान आजैबाट सुरु भएको बताउँदै उनले त्यसमा साथ दिन सबै मतदाताहरुलाई आह्वान गरिन।

उपमेयर डंगोलले एक÷अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने बताइन। उनले आफूहरुबाट गल्ती हुन नदिन नगरबासीहरुले खवरदारी गरिरहने विश्वास व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस