काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले निर्वाचन भय, त्रासको वातावरणमा धाँधलीपूर्ण भएको बताएका हुन् ।
‘गोली चलेकै हो, महोत्तरीको मटियानीमा हाम्रो नेता कार्यकर्तामाथि आक्रमण भएकै हो,’ उनले भने, ‘थाहा छैन भने जिल्ला प्रशासन कार्यालयमा गएर बुझ्नुहोस् ।’ नागरिकताविहीनलाई नागरिकता दिने विषयमा नीति तथा कार्यक्रम मौन बसेको भन्दै उनले भने, ‘आफूहरुले किन ६ महिनासम्म आन्दोलन गर्नुपर्याे ?, किन हाम्रा नेता कार्यकर्ता अहिले पनि जेलमा छन् ? किन हाम्रो सांसद रेशम चौधरी अहिले पनि जेलमा छन् ?’
आफूहरुको आन्दोलन न्यायका लागि रहेको जानकारी दिँदै उनले राजनीति आन्दोलनमा सहभागी भएकालाई मुद्दा लगाएर जेलमा हालिएको भन्दै आपत्ति जनाए । तर, आफ्ना नेता कार्यकर्तामाथि गोली चलाउनेमाथि कारबाही नगरिएर बढुवा गरेको भन्दै उनले सुरक्षाकर्मीलाई सुरक्षा दिने हतियार दिएको कि जनतामाथि प्रहार गर्न भन्दै प्रश्न गरे ।
न्यायका लागि हतियारविना आन्दोलनमा उत्रिएका आफ्ना कार्यकर्तालाई जेलमा हालिएको भन्दै उनले आक्रोश व्यक्त गरे । भेदभाव रहिरहे फेरि आन्दोलन गर्ने अध्यक्ष ठाकुरको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, १८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर