कोरोना अपडेट : थप २१ जनामा संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, १२ जेठ २०७९, १६ : ३४
कोरोना अपडेट : थप २१ जनामा संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

काठमाडौं । देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार ६ सय २८ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।देशभर १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस