किभ । युक्रेनी सहर मारिओपोलमा सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् ।
शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले बताए । शव फेला परेको विवरण स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन् । रुसले आजोभ सागरको तटमा रहेको युक्रेनको प्रमुख बन्दरगाह सहर मारिओपोलमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । २४ फेब्रुवरीमा सुरु भएको हमलापछि रूसले कब्जा गर्न सफल भएको एक मात्र सहर हो मारिओपोल ।
रूसी बम विष्फोटले मरिओपोल सहर क्षतविक्षत बन्यो । एजोभस्टल स्टिल कारखाना युक्रेनी प्रतिरोधको अन्तिम स्थल बनेको थियो । तर, त्यहाँको प्रतिरोध फौजले पनि अहिले आत्मसमर्पण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ जेठ २०७९, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द