किभ । युक्रेनी सहर मारिओपोलमा सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् ।
शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले बताए । शव फेला परेको विवरण स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन् । रुसले आजोभ सागरको तटमा रहेको युक्रेनको प्रमुख बन्दरगाह सहर मारिओपोलमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । २४ फेब्रुवरीमा सुरु भएको हमलापछि रूसले कब्जा गर्न सफल भएको एक मात्र सहर हो मारिओपोल ।
रूसी बम विष्फोटले मरिओपोल सहर क्षतविक्षत बन्यो । एजोभस्टल स्टिल कारखाना युक्रेनी प्रतिरोधको अन्तिम स्थल बनेको थियो । तर, त्यहाँको प्रतिरोध फौजले पनि अहिले आत्मसमर्पण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ जेठ २०७९, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने