नेकपा एकीकृतको सर्कुलर : जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नू

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १६ : ४०
नेकपा एकीकृतको सर्कुलर : जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नू

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विशेष सर्कुलर जारी गरेको छ। महासचिव डा. बेदुराम भुसालले सर्कुलर जारी गर्दै जनप्रतिनिधिहरूलाई जनताको अविश्वासप्रति सधैँ इमान्दार भएर काम गर्न निर्देशन दिएका हुन्। 

जारी सर्कुलरमा भनिएको छ, ‘निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नु होला। ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारी र कर्तव्य निष्‍ठाका साथ जनताको सेवा गर्नुहोला। निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला। सम्बन्धित पार्टी कमिटीका निर्णय र निर्देशनको पालना गर्नुहोला।’

जवाफदेहिता र पारदर्शिता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र भएकाले पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिले आगामी जेठ १७ गतेभित्र आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशनसमेत दिएको छ। 

 

प्रतिक्रिया दिनुहोस