काठमाडौं । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम अगाडि बढाउने बताएका छन्। बुधबार जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर काम गर्ने बताए।नगरप्रमुखमा पुनः निर्वाचित उनले भने,‘हामी जे काम गछौँ,टिम वर्कको रूपमा अघि बढ्नुपर्छ,नगरवासीलाई शिरमा राखेर काम गर्दा सफल हुनेछौँ।’
उनले आफूबाट कुनै पनि पक्षपात नहुने प्रतिबद्धता व्यक्त गरे।‘हिजोको दिनमा पनि यो पाटी, त्यो पाटी भनेर कुनै पक्षपात गरिनँ। त्यसै कारण अघिल्लो चुनावमा भन्दा यस पटक ६० गुणा बढी भोटले अहिले जितेँ। मेरा तर्फबाट कुनै अब पनि पक्षपात व्यवहार गर्दिनँ, तेरो मेरो भनेर कसैलाई काखा पाखा लाउँदिनँ,यो सबैमा हुनुपर्छ’, उनले भने।
अघिल्लो कार्यकालमा पनि महानगरपालिकामा धेरै काम गरेको भन्दै पुन: महानगरको स्वरूप फेर्ने बताए। ‘ललितपुरलाई सुन्दर बनाउनेछौँ’‚ उनले भने, ‘रात्रिकालीन अवस्थामा उज्यालो पार्नेछौँ, म कुनै गल्ती नगरी काम गर्छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, १६ : ३६
लेखकबाट थप