काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सूर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरण नगर्न/नगराउन आग्रह गरेको छ।
बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिरा तथा सूर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो।वडाध्यक्ष गजेन्द्र शाहीले बालबालिकाहरूले धुम्रपान र मध्यपान बिक्री वितरण तथा सेवन गरिरहेको गुनासो बढेपछि सो सूचना जारी गरिएको बताए।उनले लागुपदार्थ दुर्व्यसनीले देशमै प्रशय पाएको हुँदा नियन्त्रण गर्न पनि वडा कार्यालयले ऐन बमोजिम वडामा कडाइ गरेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, १५ : ४८
लेखकबाट थप