बालेनको ५० हजार मत आउँदा सिंह र स्थापितको मत कति ?

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ११ : ०९
बालेनको ५० हजार मत आउँदा सिंह र स्थापितको मत कति ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र बालेन शाहले अहिलेसम्म ५० हजार ३० मत प्राप्त गरेका छन्। हालसम्म गणना भएको १ लाख ५० हजार मत गन्दा बालेन सबैभन्दा अगाडि छन्। उनले आफ्ना दुवै प्रतिस्पर्धीसँग झण्डै २० हजार मत अन्तर कायम गरेका छन्।

काठमाडौँ महानगरपालिकामा मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहलाई ३० हजार ७ सय ६७ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ३० हजार १५ मत मात्रै प्राप्त भएको छ।बालेन शाह र सिर्जनाबीच १९ हजार २ सय ६३ मत अन्तर रहेको छ भने बालेन र स्थापितबीच २००१५ मतको अन्तर रहेको छ।
सिंह र स्थापितबीच ७ सय ३७ मतको अन्तर रहेको छ।

अहिले काठमाडौँ महानगरपालिकाका सबै वडामा मत गणना भई रहेको छ। हालसम्म वडा नं १ देखि १३ र वडा नं २३ देखि ३३ सम्मको मत परिणाम सार्वजनिक भईसकेको छ।

प्रतिक्रिया दिनुहोस