दमौली । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधि जनताको शासक भन्दा सेवक हुनु पर्ने बताएका छन् । तनहुँको दमौलीमा आज आयोजित नेपाली कांग्रेसको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै उनले जनताको शिर उच्च राख्दै जनप्रतिनिधिले जनताको सेवा गर्नु पर्ने बताए ।
उनले भने, ‘हामीले जनतालाई गाउँमै बस्ने बनाउन राजनीति गरेका हौं । त्यो अभियानमा हामी सबै लाग्नुपर्छ ।’ बरिष्ठ नेता पौडेलले गठबन्धनकै कारण कांग्रेसले धेरै सिट हासिल गरेको दाबी गर्दै गठबन्धन आगामी निर्वाचनमा समेत जारी रहने बताए ।उनले प्रदेशदेखि संघीय चुनावमा समेत निरन्तरता दिने समेत बताए । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराई लगायतको सहभागिता रहेको थियो । वरिष्ठ नेता पौडेलकै गृहनगर समेत रहेको व्यासमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेका छन् ।
व्यासको मेयरमा कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाए । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन् । उनले १२ हजार ४९८ मत पाइन् । प्रतिस्पर्धी नेकपा एमालेका बसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १३ : ४०
लेखकबाट थप