उपत्यकामा 'मापसे' गरी सवारी चलाउने ८७ जना चालकलाई कारवाही

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, ११ : ००
उपत्यकामा 'मापसे' गरी सवारी चलाउने ८७ जना चालकलाई कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ७५२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा कारवाही गरिएको हो । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०८ जना, मदिरा पिएर सवारी साधन चलाउने ८७ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना रहेका छन् । 

यस्तै, तिब्र गतीमा सवारी साधन चलाउने ७२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६९ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना चालकमाथि पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस