कञ्‍चनपुरको कृष्णपुरमा कांग्रेस विजयी

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, १२ : २७
कञ्‍चनपुरको कृष्णपुरमा कांग्रेस विजयी

काठमाडौं । कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना विजयी भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा ओझा १० हजार ४ सय ३४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याउँदा नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्तले ६ हजार ६ सय ७४ मत मात्रै पाए।

नेकपा एकीकृत समाजवादीका सुरेन्द्रबहादुर बलमे ६ सय ७५ मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसकी द्रोपती रानाले ९ हजार ६७५ मत ल्याइन्। उनका प्रतिस्पर्धी एमालेकी रमिता रानाले ७ हजार ३ सय १६ मत ल्याउँदा माओवादीकी गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरिन्।

राजनीतिक यात्रा 

कांग्रेस जिल्ला कार्य समिति सचिव हुन् हेमराज ओझा। १० वर्षको उमेरमै राजनीतिमा लागेका ओझा २०४२ सालमा पार्टीका चिट्ठी आदानप्रदान गर्थे। पत्रहरू भनिएका ठाउँसम्म पुगाउँथे। सिद्धनाथ क्याम्पसमा पढ्दा उनी त्यहाँ स्ववियु सदस्य भए। 

२०५८ सालमा ओझा गाउँ सभाको सभापति थिए। कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टी सचिव भएका ओझा सामाजिक कार्यमा समेत सक्रिय छन्। उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका कर्णबहादुर हमालसँग पराजित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस