इटहरीको मेयरमा कांग्रेसका लिम्बु र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ०६ : ४७
इटहरीको मेयरमा कांग्रेसका लिम्बु र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् । उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन् ।

पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए । राप्रपाको आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् । चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए । ‍

प्रतिक्रिया दिनुहोस