महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते हुनुभएका बमद्धयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । जीप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको बताउँदै प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते