स्थानीय तह निर्वाचन

हेटौंडामा मतगणना नसकिँदै एमालेले हार स्वीकार्‍यो

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १७ : ३०
हेटौंडामा मतगणना नसकिँदै एमालेले हार स्वीकार्‍यो

हेटौंडा । मतगणना नसकिँदै एमालेका हेटौंडाको मेयर र उपमेयर पदका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् ।हेटौंडा उपमहानगरपालिकाको करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेका उम्मेदवारले हार स्वीकार गर्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिएका हुन्  । 

एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीकी मीना लामालाई भेटेरै बधाई दिएका छन् ।यस्तै उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले पनि बधाई दिएका छन् । दुबै उम्मेदवारले गठबन्धनबाट मेयर उम्मेदवार लामा र उममेयर उम्मेदवार राजेश बानियाँलाई भेटेरै बधाई दिएका हुन् ।

हेटौंडामा कुल मतदाता मध्ये ७३ हजार ४ सय १४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत मात्रै गणना भइसकेको छ ।गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी लामाले एमाले उम्मेदवारसँग २ हजार ७७ मतान्तर कायम राखेकी छन् । तर, ३ हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ । अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्बर वडाको मतगणना जारी छ ।
 

प्रतिक्रिया दिनुहोस