जनप्रतिनिधिको नक्कली कार्ड र सुरक्षाकर्मीको परिचयपत्र बोकेर मतगणनास्थल पुगेका २ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १४ : ५२
जनप्रतिनिधिको नक्कली कार्ड र सुरक्षाकर्मीको परिचयपत्र बोकेर मतगणनास्थल पुगेका २ जना पक्राउ

काठमाडौं । जनप्रतिनिधिको नक्कली कार्ड र सुरक्षाकर्मीको म्याद गुज्रिएको परिचयपत्र बोकेर मतगणनास्थल पुगेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।मतगणनास्थल पुगेर हैरानी दिन खोज्ने उनीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता तथा डीएसपी सुन्दर तिवारीले बताए। पक्राउ पर्नेहरु मध्ये एकजनाको साथबाट जनमत पार्टीको प्रतिनिधि भएको नक्कली परिचयपत्र र अर्काको साथबाट सुरक्षाकर्मीको म्याद नाघेको परिचयपत्र बरामद भएको छ। 

उनीहरु दुबैलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस