कोरना अपडेट : थप १२ जनामा संक्रमण पुष्टि, नौं जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १६ : ०५
कोरना अपडेट : थप १२ जनामा संक्रमण पुष्टि, नौं जना संक्रमणमुक्त

काठमाडौं । देशभर आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको तीन हजार ६२७ नमुना परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण भेटिएको हो ।

दुई हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जनामा संक्रमण भेटिएको हो । एक हजार ४७ जनाको एन्टीजेन परीक्षण गर्दा भने कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन ।

आज नौं जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या नौ लाख ६६ हजार ९३८ पुगेको छ । हाल नेपालमा एक सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमित निको हुने दर ९८ दशमलव ८ प्रतिशत देखिन्छ । मृत्युदर १ दशमलव २ प्रतिशत रहेको छ । मुलुकमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस