कैलाली । धनगढी र भजनीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका–१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका–३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन् ।
जिवनलाई धनगढी उपमहानगरपालिका–४ बाट करिब ५ ग्राम, धर्म तथा किशोरलाई सोही उमहानगरपलिका–२ ट्राफिक चोकबाट करिब २ सय ३० मिलिग्राम खैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सुकमेन्द्रलाई भजनी नगरपालिका–३ हुलाकी राजमार्गबाट करिब २ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ