स्थानीय तह निर्वाचन

हेटौँडा अपडेटः ५२ हजार ९०१ मत गणना गर्दा कसको कति मत ?

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १२ : ०२
हेटौँडा अपडेटः ५२ हजार ९०१ मत गणना गर्दा कसको कति मत ?

हेटौडा। हेटौडा उपमहानगरपालिका ५२ हजार ९०१ मत गणना सकिएको छ ।

बिहीबार मध्याह्नको मतपरिणामअनुसार मेयरमा १६ हजार ४७१ मत पाएर मीना कुमारी लामाले अग्रता कायमै राखेकी छन् । यस्तै एमालेका अनन्त पौडेलले १५ हजार ४०९ मत पाउँदा राप्रपाका दिपक सिंहले १४ हजार ७४९ मत पाएका छन् । 

यसैगरी उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १७ हजार २८० मत पाउँदा काँग्रेसका राजेश बानियाँले २३ हजार ८९७ मत पाएर लिड गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस