सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ११ : ४७
सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो तोलामा ९ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।त्यस्तै, बुधबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस