अवैध सुनसहित एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ११ : ४२
अवैध सुनसहित एक जना पक्राउ

झापा। झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल छेउबाट अवैध सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपालतर्फ आँउदै गरेका कैलाली घर भइ दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई अवैध रूपमा नेपाल भित्र्याउदै गरेको सुनसहित पक्राउ गरेको हो।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५ रुपैयाँ बराबरको) सुन बरामद गरेको हो।

सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस