जनकपुर उपमहानगरमा काँग्रेसका बागी उम्मेदवार साहको अग्रता

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ११ : ३१
जनकपुर उपमहानगरमा काँग्रेसका बागी उम्मेदवार साहको अग्रता

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै गएका छन्।

साहले पाँच हजार ६१ मत प्राप्त गरेका छन्। एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथो‍ स्थानमा छन्।

निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन्। उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेकी छन्। उनले पाँच हजार ३९५ मत प्राप्त गरेकी छन्।

एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उनलाई पछ्याइरहेकी मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस