नेपालभाषा परिषद्ले विभिन्न स्रष्टालाई पुरस्कृत गर्दै

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ११ : ०२
नेपालभाषा परिषद्ले विभिन्न स्रष्टालाई पुरस्कृत गर्दै

भक्तपुर । नेपालभाषा परिषद्ले कविकेशरी चित्तधर हृदयको ११६औं जन्मजयन्तीको अवसर पारेर प्रदान गरिने पुरस्कार र सम्मानको घोषणा गरेको छ ।  परिषद् बैठकले ‘भाषाथुवा’को उपाधि कवि नवीन चित्रकारलाई प्रदान गर्ने जनाएको छ । 

उक्त परिषद्ले ‘चित्तधर सिरपा’ कवि डा. आनन्द जोशीलाई तथा ‘मोतीलक्ष्मी सिरपा’ कथाकार सरस्वती तुलाधरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, ‘केशवलाल सिरपा’ आख्यानकार केदार सितुलाई, ‘ठाकुरलाल सिरपा’ नियात्राकार विमलप्रभा बज्राचार्यलाई र ‘पूर्ण—हीरा सिरपा’ समालोचक कुन्दनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।  उक्त सम्मान तथा पुरस्कार जेठ १३ गते प्रदान गरिने परिषद्ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस