टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ०९ : ०५
टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

कैलाली । कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मेयर जितेको छ।  जेलबाटै पार्टी खोलेका चौधरीको दल स्थानीय तह निर्वाचनमा सहभागी भएकामा टीकापुरमा जितको खाता खोलेको हो।  

उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने ।

उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो ।

प्रतिक्रिया दिनुहोस