नेप्सेमा एक कम्पनीको १० प्रतिशत बोनस शेयर

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १६ : ३०
नेप्सेमा एक कम्पनीको १० प्रतिशत बोनस शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेको बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीको १० प्रतिशत बोनस शेयर वापतको २२ लाख कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरिद बिक्री गर्न सक्नेछन् ।

कम्पनीको गत फागुन ६ गते सम्पन्न भएको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस