नेप्से ८.९० अकंले बढ्दा कारोबार १ अर्ब ३२ लाख

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १६ : २३
नेप्से ८.९० अकंले बढ्दा कारोबार १ अर्ब ३२ लाख

काठमाडौं । आज नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दमा बन्द भएको छ । साताको तेस्रो दिन नेप्से ८४.९० अकंले घटेर २२६५.५२ अकंमा बन्द भएको थियो ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से बढ्दा ८ उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३ प्रतिशत, विकास बैंक समूहको १.४२ प्रतिशत, हाइड्रोपावर समूहको २.०८ प्रतिशत, फाइनान्स समूहको १.१२ प्रतिशत, अन्य समूहको ०.७६ प्रतिशत,माइक्रोफाइनान्स समूहको ०.०१ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.६६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

त्यस्तै आज शेयर मूल्य घट्नेमा ब्यापार समूहको ०.१९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.४१ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.४८ प्रतिशत, जीवन बीमा समूहको ०.८७ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया दिनुहोस