केशव स्थापितले लिए आफ्नो वडामा अग्रता

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १६ : १९
केशव स्थापितले लिए आफ्नो वडामा अग्रता

काठमाडौं ।काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्। उनको वडा २८ मा मतगणना सुरु भएको छ।

वडा २८ को अहिलेसम्म २ सय मतगणना गर्दा स्थापितले ६० मत ल्याएका छन्।यसअघि सबै वडामा अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन शाहले यस वडामा भने अहिलेसम्म ४६ मतमात्र पाएका छन्। गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३३ मत पाएकी छन्।

पछिल्लो मतगणनाअनुसार काठमाडौँ महानगरपालिकाको अहिलेसम्म ४५ हजार ३१८ मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ४८८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९२७१ मत ल्याएका छन्। सिंहले भने ८ हजार १६७ मत पाएकी छन्।उपमेयरतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्।

उनले अहिलेसम्म १४ हजार ७१७ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस